सुयना बनिन् ‘मिस एसइई गण्डकी’
पाेखरा | असार ३, २०८०
PHOTO: PREM 7
पोखरा: एसटी क्रियसनद्वारा आयोजित तेस्राे मिस एसइई गण्डकीको ताज सुयना हिराचनले जितेकी छिन् ।
शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा अन्य १३ प्रतिस्पर्धीलाई पछि पार्दै सुयना मिस एसइई गण्डकी –२०२३ बनेकी हुन् ।
उनले मिस एसइई गण्डकी २०२३ को ताजसँगै प्लस टु अध्यनका लागि पूर्ण छात्रवृत्तिसहित नगद रु २५ हजार तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
यस्तै फस्ट रनरअप स्मृति ताम्राकार बन्दै प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार प्राप्त गरिन् भने सेकेन्ड रनरअप बनेकी समृद्धि थापाले प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार हात पारिन् ।
भ्यूअर च्वाइसका रुपमा जेसिका गुरुङ पुरस्कृत बनिन् । यस्तै अन्य विधामा उत्कृष्ट बनेकी प्रतिस्पर्धीहरुलाई पनि अवार्ड प्रदान गरिएकाे थियाे ।
निर्णायकमा डा. रामजी शर्मा, कौशल्या गुरुङ, जेनिता थापामगर, अर्कित पुरी, मन्जेस गिरी र सफल सुवेदी रहेका थिए ।
उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य तथा महिला नेतृ सरस्वती गुरुङ लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

